काठमाडौं, ५ फागुन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिक प्रहरीले सवारी चालकलाई एउटा आपराधिक व्यक्तिलाई झैँ व्यवहार नगर्न आग्रह गरेका छन् ।
उनले यात्रुलाई नियम कानुन लगाउनु सुधारात्मक पाटो भएकाले ट्राफिक प्रहरीले व्यवहारिक भएर यात्रुलाई व्यवहार गर्नु पर्ने बताएका हुन् ।
पछिल्लो समय ट्राफिक प्रहरीले समिति स्रोत र साधनको बाबजुद पनि राम्रो काम गरेको बताउँदै उनले आफ्नो बोली, आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन समेत दिए ।
यस्तै उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी गराए ।
आइतवार बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखा पुगेर महानिरीक्षक सर्वेन्द्र खनालले कार्यालयको अनुगमन गरेका छन्। महानिरीक्षक खनालले ट्राफिक प्रहरीको काम कर्तव्य र भूमिकाबारे समेत उपस्थित ट्राफिक प्रहरीलाई जानकारी दिए ।



लाेकपाटी न्यूज

