‘इतिहासले हाम्रो नेतृत्वलाई अग्नि परीक्षामा राखेको छ’

prachanda-5
लाेकपाटी न्यूज

काठमाडौं, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा क्षेत्रमा भएका समस्या समाधान गर्ने बताएका छन् ।

विद्यालय शिक्षक युनियन नेपालले शुक्रबार आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अहिलेको हाम्रो पहिलो प्राथमिकता शिक्षा भएको बताएका छन् ।

‘हामी विकासको चरणमा भएकाले हाम्रो मुख्य प्राथमिकता रहेको बताएका हुन् ।’ उनले भने, ‘हामीले निर्वाचनका समयमा जनताका अगाडि शिक्षालाई अझै धेरै जीवनोपयोगी बनाउने तिर अगाडी बढ्छौँ, शिक्षालाई उत्पादन वृद्धि गर्ने र रोजगारी सृष्टि गर्न उपयोग हुने गरी नीतिगत सुधार गछौँ भनेका थियौँ । अब यो प्रतिवद्धता पुरा गर्ने समय आएको छ ।’

अध्यक्ष प्रचण्डले शिक्षालाई अब सामान्य सैद्धान्तिक शिक्षा मात्र होइन यसलाई व्यवसायीक र प्राविधिक रुपले युग सापेक्ष र नेपाली समाजको आवश्यकता सापेक्ष बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, ‘इतिहासले दुई तिहाइ बहुमतको नेतृत्वलाई एउटा ठुलो अग्नि परीक्षामा राखेको छ । हामी समस्या समाधान गर्न, देशलाई समृद्धिको नया यात्रातिर, संविधानले परिकल्पना गरे अनुसार समाजवाद उन्मुख राज्यतिर लैजाने प्रश्न हाम्रो अगाडि छ ।’

उनले संविधानमा उत्साहका साथ शिक्षा स्वास्थ्य र रोजगारी जस्ता विषयलाई मौलिक अधिकारमा राखेको बताए । संविधानमा राखिएको त्यो मौलिक अधिकारलाई कानुमा पनि व्यवस्था गरेको उनले दावी गरे ।

यस्तै शिक्षा क्षेत्रमा सुधारका निम्ती संविधानको मर्म अनुसार अगाडि बढ्न संघिय शिक्षा ऐन अन्तिम चरणमा पुगेको पनि अध्यक्ष प्रचण्डले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्