काठमाडौं, ३ फागुन । आज साताको अन्तिम दिन नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा चार सयले बढेर प्रति तोला रु ६२ हजार १०० रुपैंयाँ पुगेको हो ।
बिहिबार सुन तोलाको ६१ हजार ७०० रुपैंयाँमा कारोबार भएको थियो भने आज बढेर रु ६२ हजार १०० रुपैंयाँ पुगेको छ ।
यस्तै तेजावी सुन ६१ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेका नेपाल सुन चाँदि व्यवसायि महासंघले जनाएको छ । शुक्रबार बजारमा चाँदिको भाउ ७ सय ६५ रुपैंयाँ रहेको छ ।



लाेकपाटी न्यूज
