मन्त्री गाेकुल बाँस्काेटाकाे एक वर्षे उपलब्धि

gokul baskota
लाेकपाटी न्यूज

काठमाडौं,३ फागुन । सरकारले १ वर्षमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति गरेको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले यो एक बर्षमा सञ्चार क्षेत्रदेखि सूचना प्रबिधिको क्षेत्रमा समेत उल्लेख्य काम भएको हो । गत बर्ष फागुन ३ गते सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री ओलीको यो अवधी निकै फलदायी रह्यो ।

प्रधानमन्त्रीले सत्ता सम्हालेको एक महिनापछि चैत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व गोकुल बाँस्कोटाले गरेका थिए । सुरुमा राज्यमन्त्रीका रुपमा मन्त्रालयको नेतृत्व गरेका बाँस्कोटाको कामकै आधारमा प्रधानमन्त्री ओलीले मन्त्रीमा बढुवा गरेका थिए ।

यस अवधीमा मन्त्री बाँस्कोटाले सञ्चार मन्त्रालयमा फ्रिक्वेसी महाशाखामा हुने गरेको घुसदेखि सरकारी सञ्चार माध्यममा हुने गरेको बेथिति हटाउने जस्ता थुप्रै कार्यहरु गरे ।

खरो स्वभाव, प्रष्ट विचार र सत्यको वकालत गर्ने भएका कारण कतिपय बिचौलियाहरु मन्त्री बाँस्कोटाबिरुद्ध खनिए पनि उनको ११ महिनाको परिणाम निकै सुखद र अपेक्षा अनुसार नै आएकोे छ ।

मन्त्री बाँस्कोटाकै पालामा नेपाल टेलिभिजन एचडीमा गएको छ भने रेडियो नेपाल, गोरखापत्र र राससमा सुधारका उल्लेख्य काम भएका छन । सरकारी सञ्चार माध्यमलाई विश्वशनीय र आत्मनिर्भर बनाउन मन्त्री बाँस्कोटाले गरेको प्रयास निकै महत्वपुर्ण रहेको संस्थामा कार्यरतपत्रकार तथा कर्मचारीहरु बताउँछन् ।

श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक बृद्धि गर्ने काम मन्त्री बाँस्कोटाकै पहलमा भएको छ । यसैगरी प्रेस काउन्सिल ऐनको गृहकार्य पनि अघि बढेको छ । मन्त्री बाँस्कोटाले यस बीचमा थुप्रै सुधारको काम गरेका छन् ।
यस अवधीमा क्रस बोर्डर कनेक्टिभीटी अन्तर्गतचीनसँग अप्टिकल फाइबर लिंक सम्झौता भएको छ भने वायरलेस ब्रोडब्यान्ड अन्तर्गत चौथो पुस्ताको फोर जी भोल्टे देशव्यापी रुपमा १२ महिनाभित्र सञ्चालनमा ल्याउने गरी संझौता सम्पन्न भएको छ ।

फिक्स्ड ब्रोडब्यान्ड अन्तर्गत एफटीटिीएच देशव्यापी बनाउने योजनासमेत तिब्र रुपमा अघि बढाइएको छ । यो भएपछि घरघरमै फाइबर उपलब्ध हुनेछ । यसैगरी हरेक निर्वाचन क्षेत्रका ४ देखि ६ वटा सामुदायिक विद्यालयलाई कम्प्यूटर वितरण अघि बढेको छ । हरेक प्रदेशमा एउटा स्मारट स्कुल खोलिँदै छ । यसको लागि टेन्डर आह्वान भइसकेको छ ।

सञ्चार मन्त्रालयका प्रेस सल्लाहकार सुजित मैनालीका अनुसार यो कामका लागि मूल्यांकन गरिँदै छ । यसैगरी मन्त्रालयले डिजिटल लिटरेसी बढाउने कार्यक्रम जारी राखेको छ भने नेपालको आफ्नै स्याटलाइट राख्ने तयारी अघि बढेको छ । मैनालीका अनुसार नानो सेटलाइट राख्ने काम अन्तिम चरणमा पुगेको छ ।

यस्तै नेपाल टेलिकमलाई प्रतिस्पर्धी, विश्वसनीय बनाउन देशभर टेलिफोन टावर निर्माणको काम तीब्र रुपमा अघि बढाइएको छ । सरकारको प्रवक्तासमेत रहको कारण अन्य मन्त्रालयको कामसमेत जानकारी लिनुपर्ने अवस्थाबीच मन्त्री बाँस्कोटाले अन्य थुप्रै सुधारका काम अघि बढाएका छन् । जसअनुसार स्थानीय तहसम्बन्धी मोबाइल एप्स वितरणको काम अघि बढेको छ । हालसम्म १ सय ७५ वटा स्थानीय तहले मोबाइल एप्सबाट सेवा प्रवाह सुरु गरिसकका छन ।

यस्तै भूकम्प प्रभावित ११ जिल्लाका नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय र स्वास्थ्य केन्द्र गरी जम्मा २२६५ स्थानमा ब्रोडव्याण्ड सेवा उपलब्ध गराइएको छ । कर्णाली प्रदेशका मात्रै १८०४ स्थानमा ब्रोडव्याण्ड सेवा उपलब्ध गराउन सम्झौता भएको छ ।

मन्त्री बाँस्कोटाको पालामा चलचित्र क्षेत्रमा समेत उल्लेख्य सुधारका काम भएको देखिन्छ । बक्स अफिस लागू गरी यस क्षेत्रको विकृति र समस्या समाधानको पहल पनि मन्त्री बाँस्कोटाको पालामा भएको हो । यो लागू भएसँगै निर्माता, कलाकार र हलको लगानी सुरक्षित हुनेछ भने कर छली रोकिने छ ।

यस्तो छ प्रगति तथ्याङ्क 

पत्रकारको न्युनतम पारिश्रमिक वृद्धि

क्रस बोर्डर कनेक्टिभीटी अन्तर्गतचीनसँग अप्टिकल फाइबर लिंक सम्झौता

वायरलेस ब्रोडब्यान्ड अन्तर्गत चौथो पुस्ताको फोर जी (भोल्टे) देशव्यापी रुपमा १२ महिनाभित्र सञ्चालनमा ल्याउने

भूकम्प प्रभावित ११ जिल्लाका नगरपालिका, गाउँपालिका तथा वडा कार्यालय र स्वास्थ्य केन्द्र गरी जम्मा २२६५ स्थानमा ब्रोडव्याण्ड सेवा उपलब्ध ।

फिक्स्ड ब्रोडब्यान्ड अन्तर्गत देशव्यापी बनाउनेयोजना तिब्र । यो भएपछि घरघरमै फाइबर उपलब्ध हुन्छ ।

डिजिटल लिटरेसी बढाउने कार्यक्रम जारी ।

स्याटलाइट राख्ने तयारी स् नानो सेटलाइटराख्ने काम अन्तिम चरणमा ।

टेलिफोन टावर निर्माण तिब्र ।

स्थानिय तहसम्बन्धी मोबाइल एप्स वितरण, १७५ वटा स्थानीय तहले मोबाइल एप्सबाट सेवा प्रवाह सुरु ।

बक्स अफिस लागू, निर्माता, कलाकार र हलको लगानी सुरक्षित हुने, कर पारदर्शी हुने ।

कर्णाली प्रदेशका १८०४ स्थानमा ब्रोडव्याण्ड सेवा उपलब्ध गराउन सम्झौता ।

हरेक निर्वाचन क्षेत्रका ४ देखि ६ वटा सामुदायिक विध्यालयलाई कम्प्यूटर वितरण गरिँदै ।

हरेक प्रदेशमा एउटा स्मारट स्कुल खोलिँदै । टेन्डर आह्वान भइसक्यो, मूल्यांकन गरिँदै ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्