‘कसैले चाहँदैमा प्रचण्ड र मेरो जोडी टुट्दैन’: प्रधानमन्त्री ओली

Jodi
लाेकपाटी न्यूज

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको जोडी कसैले चाहँदैमा नटुट्ने बताएका छन् ।

उनले बिहिबार राष्ट्रिय सभागृहमा आयोजीत जनताको जलविद्युत् कार्यक्रम घोषणा समारोहमा बोल्दै सो कुरा बताएका हुन् ।

उनले आफुहरुको जोडी भवितव्यमा बाटोमा हिँड्दा हिँड्दै झल्याँस्स भेटेको नभएर सुविचारित ढंगले बनेको सम्बन्ध बताएका छन् । उनले भने, ‘ हो हामीले देश बनाउनु छ । मिलेर मात्र देश बन्छ ।’

अघिल्लो दिनको बोक्सी र जँड्याहाको प्रसंग उल्लेख गर्दै ओलीले भने, ‘अहिलेका अध्यक्षहरूलाई यो कुरा थाहा छ, आमा बोक्सी भइन्, बा जँड्याहा भए भन्नेको कुनै काम छैन । कुरा बोकेर जीवन चलाउनेहरूको दिन गयो ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्