काठमाडौं, २ फगुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सिमाना सम्म पानी जहाज आएको बताएका छन् । जनताको जलविद्यत आयोजना कार्यक्रम सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केहि समय अगाडि नेपालमा पानीजहाज कार्यालयको उद्घाटन गरेकाे बताउँदै औपचारिक रूपमा पानीजहाज कार्यालयको स्थापना भएकोे बताएका हुन् ।
‘भारतले गण्डकीमा ‘डिटेल सर्भे’ गरेर त्यसको रिपोट आइसकेको छ । मोदीले हिजो मात्र भारतमा बोल्दा नेपालको सिमा नजिक तृवेणीसम्म हामी पानी जहाज लान सक्ने भयौँ भन्नुभएको थियो ।’ उनले भने, ‘हाम्रो सिमानासम्म पानी जहाज आउने भइसक्यो । सिमानाबाट अली वर हामीले कहाँ सम्म ल्याउने हो । ल्याउन सक्छौँ । ’
अब नेपालमा पानी जहाज आउन धेरै समय नलाग्ने बताउँदै उनले नेपाल समृद्ध नेपाल सुखी नेपालीका लागि हरेक दिन एक कदम अगाडी बढिरहेको बताए ।



लाेकपाटी न्यूज

