प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

kp oli
लाेकपाटी न्यूज

काठमाडौं, २ फागुन । बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । उनले आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दियो ।

गत फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्