जनयुद्धप्रति सधैं गौरव गर्छु : डा. बाबुराम भट्टराई

Baburam-Bhattarai-1
लाेकपाटी न्यूज

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ११ वर्ष लामो जनयुद्धको नेतृत्व गरेकोमा आफूलाई सधैं गौरववोध हुने गरेको बताएका छन् ।

पूर्वपश्चिम जनजागरण अभियानको क्रममा बुधबार गृह नगर गोरखाको पालुङटार पुगेका उनले जनयुद्धप्रति गर्व भए पनि मान्छे मारिएकोमा पहिलो पटक क्षमायाचना गरेका हुन् ।

पालुङटार नगरपालिकाका जनप्रतिनिधि तथा बासिन्दासँगको अन्तरक्रियामा भट्टराईले त्याग र बलिदानबाट नै राजतन्त्र हटेर देश संघीय गणतान्त्रिक बनेको बताए।

‘जनयुद्धका शहीद, बेपत्ता परिवारजन, घाइते सबैप्रति म सधैं नतमस्तक रहन्छु,ु भट्टराईले भने, ‘जनयुद्धको राजनीतिक नेतृत्व लिएकोमा मलाई गर्व छ। कैयौं मान्छेको ज्यान गयो त्यसमा दुख छ। मारिनु नपर्ने साथीहरू मारिनुभयो। अत्यन्त दुस्ख छ, म क्षमायाचना गर्न चाहन्छु।’

‘राजनीतिमा पनि त्याग र बलिदान नगरी उपलब्धि प्राप्त नहुने रहेछ’ उनले भने, ‘राजतन्त्र हटाउन जनयुद्ध गरिएको थियो। प्राप्त गरियो, कैयौं कुरा बाँकी छ।’ नयाँ ढंगको क्रान्ति आफूहरूले नयाँ तरिकाबाट जारी राखेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्