मलेसियाका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त

Udaya-Raj-Pandey-nepali-ambassador01
लाेकपाटी न्यूज

काठमाडौँ, १ फागुन । मलेसियाका लागि नेपाली राजदुतमा उदयराज पाण्डे नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मलेसियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त गरिएको हो ।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले पाण्डेलाई बुधबार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्