‘देशका लागि अनुकरणीय काम गरिरहेका छाैँ’

mahesh basnet
लाेकपाटी न्यूज

काठमाडौं, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा सांसद महेश बस्नेतले सफाई अभियान अन्तर्गत एक वर्षको अवधिमा आफूहरुले हनुमन्ते नदी सफाईको धेरै काम गरेको बताएका छन् ।

बुधबार हनुमन्ते नदी सफाई ५१ औ हप्ता मूल समारोह समितिले रिपोर्टर्स क्लबमा गरेको पत्रकार सम्मेलनमा उनले अहिलेसम्म ७२ टन फोहोर उठाएको भन्दै अब विकासप्रतिको दृष्टिकोण नै परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले भने, ‘हामीले अब सरसफाई, सभ्यता, शिक्षाजस्ता विषयमा देशभरि अभियान नै चलाउनुपर्छ ।’

सांसद बस्नेतले राज्यको लगानी बिना बिना नै अभियानलाई आज ५१ औं हप्तासम्म पुर्याउन सफल भएको पनि दाबी गरे । उनले भने,‘हामी डिजास्टरको अन्त्य र डेभलपमेन्टको सुरुवात गर्छौं ।’ नेपाल सुन्दर र सफा भए विदेशी पर्यटकहरुले भरिभराउ हुने र नेपालको विकासमा यसले ठूलो टेवा पुग्ने उनको भनाई छ ।

यही फागुन ४ गते बिहान ७ बजे मध्यपुर अस्पतालको दक्षिणतर्फ रहेको मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाको सिमानास्थित हनुमन्ते नदीको पुलबाट सफाइ अभियान सञ्चालन गर्नुका साथै राष्ट्रिय धावक बैकुण्ठ मानन्धरको नेतृत्वमा वाकाथुनसमेत हुने आयोजक मूल समितिले जनाएको छ ।

वाकाथुनसँगै भक्तपुरको सल्लाघारीको आईल्याण्ड पिकमा नेपालको ठूलो झण्डा गाडेर झण्डोत्तोलनसमेत गरिने भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्