वैद्य-विप्लव पनि नेकपामा आउनैपर्छ : प्रचण्ड

prachanda-5
लाेकपाटी न्यूज

काठमाडौं, १ माघ । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारीको स्मृति दिवसमा पार्टी एकता र फागुन एक गते जनयुद्ध दिवस मनाउने विषयमा पार्टीभित्र सर्वसम्मत भएको बताएका छन् ।

बुधबार जनयुद्ध दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै कम्युनिष्टहरुलाई एकतावद्ध हुन आग्रह गरेका छन् । समृद्धिको यात्राका लागि सबै कम्युनिष्टहरु एक भएर विश्वलाई नै उदाहरण प्रस्तुत गर्न आग्रह गरेका हुन् ।

मोहन वैद्य र नेत्रविक्रम चन्दलाई लक्षित गर्दै प्रचण्डले विगतमा जनयुद्धमा संलग्नपक्षलाई पनि एकतामा आउन आउन आग्रह गरे । एक भएर समाजवादको जग बसाल्नुको विकल्प नभएको भन्दै दाहालले एकताका लागि आग्रह गरे ।

देशलाई सफल बनाउन एक दुई जना नेता वा समुह मात्रै लागेर नहुने भएकाले सबै एकजुट हुनुको विकल्प नभएको उनको भनाई छ ।

नेकपाले मनाएको जनयुद्ध दिवसमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागि थिएनन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्