‘सरकार समृद्धिको लडाइँमा विजयी हुन्छ’

Rabindra-Adhikari
लाेकपाटी न्यूज

काभ्रेपलाञ्चोक, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार समृद्धिको लडाइँमा विजयी हुने बताएका छन् ।

मङ्गलबार तेमाल गाउँपालिका–५ नारायणस्थानमा सोनाम ल्होछार सांस्कृतिक महोत्सव–२८५५ लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले भने, “हामी जनताको स्वाभिमान उच्च राख्ने काम गर्दैछौँ, सरकार समृद्धिको यात्रामा विजयी हुन्छ ।”

मन्त्री अधिकारीले वर्तमान सरकार मुलुकको समृद्धि, विकास र अग्रगतिका लागि काम गरिरहेको बताए । उनले सरकारले पाँच वर्षको अवधिमा जनतासँग गरेका वाचा पूरा गर्ने दाबी समेत गरेका छन् । उनले तेमाललाई सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले निर्माण गर्न लागिएको तामाङ राष्ट्रिय सङ्ग्रहालयका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पूर्वराज्यमन्त्री सूर्यमान दोङ, सङ्घीय सांसदद्वय गङ्गाबहादुर तामाङ र नवीना लामा, प्रदेशसभा सदस्य रत्न ढकाललगायतले तामाङ राष्ट्रिय सङ्ग्रहालयका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्