काठमाडौं, २९ माघ । राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले भेनेजुएला प्रकरणमा पार्टी र सरकारले बोल्नु उचित रहेको बताएका छन् ।
मंगलबारको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै उनले सरकार र पार्टीले आफ्नो भनाई राख्नु उचित रहेको बताएका हुन् । उनले भने, ‘जनतालाई थाहा दिनुर्पयो । भ्रममा राख्न भएन । जनतामा भ्रम पठाइयो । असलंग्न राष्ट्र हाम्रो देश नेपालले संसारको कुनै पनि देशमा शोषकले हस्तक्षेप गरे नेपालले बोल्छ । नेपालको परराष्ट्र मन्त्रालयले नेपाल सरकारले जे बोल्यो ठीक बोल्यो । अन्तरिक मामिलामा हस्तक्षेप गर्नुहुदैन ।’
अन्यायको बेला कम्युनिस्ट पार्टीले बोल्ने बताउँदै बिडारीले जनताको जनमत संसारको कूनै पनि मुलुकमा अन्याय भयो भने कम्युनिष्टहरु बोल्ने दाबी गरे । उनले भने, ‘जनताको जनमत संसारको कूनै पनि मुलुकमा अन्याय भयो भने कम्युनिष्टहरु बोल्छन् । अरु चुप लागेर दलाली गर्छ । कम्युनिष्टले खबरदारी गर्छ । चलायमान पार्टीको मुख्य कर्तव्य नै यही हो ।’
यस्तै सांसद बिडारीले त्रिभुन राजपथको समस्यासमेत सदनमा उठाउँदै सरकार दृष्टिबिहिन भए उपचार गराउनुपर्ने सुझाव दिए । उनले भने, ‘वैकल्पिक राजमार्गमा रहेको आपतकालीन त्रिभुवन राजपथमा नौबिसेदेखि भैसेसम्म खाल्डैखाल्डा डङरङ डङरङ गरी हिँड्नुपर्ने अवस्तथा छ । लब मात्र खाएर बस्न लाज लाग्दैन ? चाँडै मर्मत गरियोस ।’



लाेकपाटी न्यूज

