काठमाडौं, २९ माघ । आगामी चैत महिनादेखि सरकारले बेरोजगार युवाको तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।
यसैका लागि सरकारले प्रधानमन्त्री रोजगार कार्याक्रम सञ्चालनमा ल्याउन लागेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानाएकोे छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले सबै बेरोजगारीलाई रोजगारी दिने र काम नै दिन नसकिएको अवस्थामा मात्र बेरोजगारी भत्ता उपलब्ध गराउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बताए ।
सरकारले आर्थिक वर्ष २०७९÷८० सम्ममा बाध्यकारी रोजगारी रोक्ने लक्ष्य लिएको छ । यसका लागि युवालक्षित निर्वाह भत्तादेखि अनिवार्य रोजगारीका साथै उद्यमी बन्न सहुलियत ब्याजदरमा ऋण प्रवाहसम्मको सुविधा दिने लक्ष्य सरकारले लिएको छ ।



लाेकपाटी न्यूज

