‘राजा आउने कल्पना पनि नगरौं : डा. बाबुराम भट्टराई

Baburam-Bhattarai-1
लाेकपाटी न्यूज

काठमाडौं । नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले फेरि राजा आउने कल्पना नगर्न पनि नागरिकलाई आग्रह गरेका छन् ।

डा. भट्टराईले भने, ‘नेपाल धेरै अघि बढिसक्यो । सदाकदा फेरि राजतन्त्र ब्युँतेला, राजा आउलान् जस्ता चर्चा चल्न थालेका छन् । अब नेपालमा राजतन्त्र फर्कन सम्भव छैन, त्यो इतिहासको विषय भइसक्यो ।’

उनले नेतृत्वले राजनीतिलाई व्यवसायिक पेशाको रुपमा लिएर विकृतिको विकास गरेको आरोप लगाउँदै राजनीतिलाई जनताको सेवा गर्ने थलोको रूपमा संस्थागत गर्नुपर्ने बताए। भ्रष्टाचार गरेर देश लुट्ने हो भने राजनीति नगर्न उनले सुझाव दिएका छन्।

‘राजनीतिलाई व्यवसायिक पेशा बनाएकाले मुलूकमा भ्रष्टाचार बढेको छ’ उनले भने ‘गुलियोमा झिँगा भूलेझै राजनीतिक नेतृत्वले भष्टचारमा भूलेर नागरिकलाई ढाँटी रहेका छन्।’ नोकरशाही कर्मचारीतन्त्र र भ्रष्टाचारीले देशलाई अघि बढ्न नदिएको कुरा नागरिकले आँखा खोलेर बुझ्नुपर्ने उनले बताए ।

उनले राजनीति गरेर लुट र भ्रष्टचार गर्ने हो भने राजनीतिमा नलाग्न आग्रह गर्दै भने ‘सक्छौं राजनीतिमा लागेर जनताको सेवा गरौं, सक्दैनौं राजनीति नगरौं, देशको सेवा गर्छु भनेर जनतालाई धोका नदिऔं।’ भट्टराईले सदाचारको सोचसहित राजनीतिमा आउन नयाँ पुस्तालाई आग्रह पनि गरे ।

नयाँ शक्ति पार्टी नेपालले गएको माघ १५ गते देखि सञ्चालन गरेकोे ‘असल राजनीति र समावेशी विकासका लागि जनसम्वाद यात्रा’ कार्यक्रमलाई तेह्रथुमको म्याङलुङमा बिहीबार सम्बोधन गर्दै उनले जनताको सहभागितासहितको राजनीतिलाई सबै नागरिकको विकासको लागि उपयोग गर्न जोड दिए ।

भट्टराईले वर्तमान परिवेशमा डा. गोविन्द केसीको शिक्षा र स्वाथ्य सम्बन्धि जायज मागको आफ्नो पार्टीको सर्मथन रहेको बताउँदै अन्य माग बढाउँदै लगेकोमा भने शंका ब्यक्त गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्