काठमाडौं, २८ माघ । सरकारले फागुन १ गतेका दिन काठमाडौंमा प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्ने तयारी गरेको छ ।
सरकारले घोषणा गर्न लागेको कार्यक्रममा प्रत्येक नेपालीलाई रोजगारी दिने लक्ष्य राखिएको छ । पाँच वर्षभित्र वैदेशिक रोजगारीलाई प्रतिस्थापन गर्ने महत्वाकांक्षी लक्ष्य राखिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नेछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको विशेष पहलमा सञ्चालन हुन लागेको रोजगार कार्यक्रममा वार्षिक साढे २ लाख नेपालीलाई रोजगारी दिने लक्ष्य राखिएको छ । रोजगारी नपाउने नागरिकलाई भत्ता दिने महत्वाकांक्षी योजना अघि सारिएको छ ।
सरकारले १ करोडसम्मका विकासे योजनामा डोजर लगाउन प्रतिबन्ध गर्ने निर्णयसमेत गरेको छ । यसले रोजगारीका नयाँ अवसर सिर्जना हुने सरकारको ठहर छ । सरकारले यसअघि नै ७५३ वटै स्थानीय तहमा रोजगार संयोजकका लागि विज्ञापन गरिसकेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले चासोंका साथ हेरेका छन् । के छ त प्रधानमन्त्री रोजगार कार्यक्रममा ? पढुनुस् नियमावलीको पूर्णपाठ ।



लाेकपाटी न्यूज

