मुुलुकको विकासलाई कसैले रोक्न सक्दैन : रवीन्द्र अधिकारी

Rabindra-Adhikari
लाेकपाटी न्यूज

काठमाडौँ, २८ माघ । पछिल्लो समय सरकारका बारेमा अफवाह फैलाइए पनि सरकार कुनै पनि किसिमले विचलित नभइकन अघि बढ्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताएका छन् ।

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपालले संयुक्त रुपमा सञ्चालन गरेको पदयात्रा पथ प्रदर्शक तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरणका क्रममा अधिकारीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘आर्थिक समृद्धिको नारालाई साकार तुल्याउनका लागि सरकारले सुशासन कायम र असल काम गर्न थालेकामा विरोधी तत्वहरुले आत्तिएर अनेक किसिमका अफवाह फैलाउन थालेका छन् । सरकारलाई यस्ता कुराले कति पनि असर पार्दैन,’ मन्त्री अधिकारीले भने । ‘हामीकहाँ डरलाग्दो कुरा के छ भने अर्कालाई गाली गर्ने र कुरा काटेर आनन्द मान्ने प्रवृत्ति छ । विरोध मात्र गर्ने र काम नै हुन नदिने प्रवृत्ति राजनीति हैन, अराजनीति हो । तसर्थ मुुलुकको विकास र समृद्धिलाई कसैले रोक्न सक्दैन,’ उनले थपे ।

नेपाल भ्रमण वर्षलाई लक्ष्यित गरी पर्यटनको क्षेत्रमा एक लाखको हाराहारीमा रोजगारी उपलब्ध गराउन सोही मात्रामा तालीम दिइने योजना सरकारको रहेको जानकारी दिँदै पदयात्रा, पर्वतारोहण, होटललगायत क्षेत्रमा यस्ता तालीम सञ्चालन गरिने उनले बताए ।

पर्यटक वृद्धिको पछिल्लो तथ्याङ्कले समग्र पर्यटन क्षेत्रमा खुशी र उत्साहको सञ्चार छाएको भन्दै मन्त्री अधिकारीले सन् २०२० मा २० लाख पर्यटक पु¥याउन कुनै कठिनाइ नहुने समेत बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्