ललितपुर, २८ माघ । ललितपुरको नख्खुस्थित एक कार्पेट गोदाममा आगलागी भएको छ ।
दिउँसो १ बजेदेखि गोदाममा आगो लागेको हो । आगलागीको नियन्त्रणको प्रयास भइरहेको छ । दमकल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
आगलागी भएको घरमा प्लाइउडसहित इनामेल र रङ राखिएको थियो ।
आगो के कारणले लाग्यो भन्ने खुलेको छैन ।
तस्बिर : विश्वास राईको फेसबुक वालबाट



लाेकपाटी न्यूज

