एजेन्सी । विषाक्त मदिराका कारण मर्नेहरुको संख्या ९२ पुगेको छ ।
भारतको दुई उत्तरी राज्य उत्तराखण्ड र उत्तर प्रदेशमा विषाक्त मदिराका कारण ९२ ले ज्यान गुमाए भने सयौं बिरामी भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उत्तराखण्डको हरिद्वार जिल्ला र उत्तर प्रदेशको सहरानपुर जिल्लामा शुकरबारदेखि यो घटना भएको हो ।
उत्तराखण्डमा तेह्र दिने संस्कारमा सामेल हुन गएका सबैभन्दा बढी मानिसहरुको मृत्यु भएको छ उत्तर प्रदेश सरकारले जनाएको छ । तेह्र दिने संस्रकारमा उनीहरु सबैले मदिरा सेवन गरेको बताइएको छ ।
संस्कारमा सामेल भएर फर्केपछि उनीहरु मर्न थालेको सहारनपुरका अधिकारीले जानकारी दिए । प्रशासनको चरम लापरवाही भएको भन्दै भारत सरकारले नागल थाना प्रभारीसहित दश प्रहरी र तीन प्रहरी निरीक्षकलाई निलम्बन गरिसकेको छ ।



लाेकपाटी न्यूज

