प्रचण्ड-ओली विवादबारे यसो भन्छन् गगन

Gagan Thapa
लाेकपाटी न्यूज

गोरखा, २७ माघ । नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले सरकारले एकपछि अर्को गल्ती गरिरहेको आरोप लगाएका छन् ।

आइतबार गोरखामा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सांसद् थापाले सरकार वैदेशिक सम्बन्धमा चुकिरहेको बताएका हुन् ।

कांग्रेसका युवा नेता थापाले भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष प्रचण्डको वक्तव्य चिप्लिएको भनेर सरकारले ढाकछोप गर्नु सरकारको गैरजिम्मेवारपन भएको धारणा राखेका हुन् ।

नेता थापाले प्रचण्डको वक्तव्यबाट नेपालले एउटा नयाँ बाटो लिएको हो ? भन्दै प्रश्न गरे । उनले ‘नेपालले नेपालले सिरियामाथि भएको आक्रमण, अफगानिस्तानमा भएको घटना, कतारमा भएको नाकावन्दीबारे पनि बोल्छ ? महशक्ति राष्ट्रजस्तो संसारभर भएको सबै घटनाबारे नेपालले वक्तव्य जारी गर्छ ?’ भने ।

उनले एमाले र माओवादीको एकता नभएर प्रचण्ड र ओलीको भएको दाबी गर्दै भने, ‘यो त केपी शर्मा ओली र प्रचण्डको गठबन्धन हो, विवाद पनि उहाँहरुकै हो पार्टीबीच होइन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्