‘कलाकार र खेलाडीका कारण देशको पहिचान जोगिएको छ’

Mahendra shahi
लाेकपाटी न्यूज

सुर्खेत, २६ माघ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादु्र शाहीले कलाकार र खेलाडीले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान दिलाएको बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘सप्तरङ्ग–सात प्रदेश, सात हामी’ सांस्कृतिक अभियान कार्यक्रममा मुख्यमन्त्री शाहीले कलाकार र खेलाडीले मुलुकको शिर उँचो राखेको बताए ।

अन्य प्रदेशका तुलनामा कर्णालीका नागरिकको आर्थिक, सामाजिक अवस्था कमजोर भएको भन्दै उनले यो प्रदेशलाई माथि उठाउन सबैको हातेमालोको आवश्यकता रहेको बताए । उक्त कार्यक्रममा तेक्वान्दोमा ओलम्पिक स्वर्ण पदक विजेता दीपक विष्टलाई सम्मान गरिएको थियो ।

‘सप्तरङ्ग–सात प्रदेश, सात हामी’ सांस्कृतिक अभियानका अध्यक्ष योगेन्द्र घिमिरेले सद्भाव र ऐक्यबद्धताका लागि सातै प्रदेशमा सप्तरङ्गको अभियानलाई जोडेर लैजाने बताए ।

मुख्यमन्त्री शाहीसहित कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाही सहभागी रहेको कार्यक्रममा गायक प्रमोद खरेल, रामकृष्ण ढकाल, पशुपति शर्मा, गायिका इन्दिरा जोशी, अञ्जली अधिकारीलगायत कलाकारले आफ्नो प्रस्तुति राखेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्