स्याङजा, २६ माघ । भेषराज साहित्य प्रतिष्ठानको नियमित कविता वाचन प्रतियोगिताको नवौ सस्करण सम्पन्न भएको छ । स्याङजाको वालिङमा सातौँ वालिङ महोत्सबको अवसर पारी खुला राष्ट्रव्यापी कविता प्रतियोगिता गरिएको हो ।
यस प्रतियोगितामा देशभरका स्थानिय तथा राष्ट्रिय कविको १ सय ५६ कविता आएका थिए जसमध्ये १० उत्कृष्ट कविता मात्रै महोत्सबमा वाचन गरिए । देशभरका कविलाई वालिङ चिनाउने उद्देश्यले राष्ट्रव्यापी खुला कविता प्रतियोगिता गरिएको थियो ।
भेषराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले साहित्य समाजको ऐना भएकाले कविताले समाजमा भएको विभिन्न बिकृति र विसङ्गतीलाई छड्के रुपमा प्रस्तुत गर्दे सभ्य समाजको निर्माणमा भूमिका खेल्ने बताए ।
उक्त प्रत्योगितामा भोजपुर, बाँके, तनहुँ लगाएतका जिल्लहरु बाट कविको प्रस्तुती रहेको थियो । कायक्रमा स्थानीय कविहरुले गद्य र पद्य दुवै विधामा कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा ‘मेरो घर’ भन्ने कविता बाचन गर्ने कास्कीका संगम संयोग प्रथम भएका छन् । उनलाई प्रमाण पत्रसहित नगद रु. ७ हजार पुरस्कार प्रदान गरियो ।



लाेकपाटी न्यूज

