घाइतेको मृत्यु भएपछि अस्पताल तोडफोड

Manakamana Hospital
लाेकपाटी न्यूज

चितवन, २५ माघ । भरतपुरको मनकामना अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएपछि तोडफोड भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षिय कृष्ण प्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् ।

रुखबाट लडेर घाइते भएका भुसालको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारको क्रममा अस्पतालले लापरवाही गरेका कारण भुसालको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । तोडफोडबाट अस्पतालको रिसेप्सनको सिसा फुटेको छ भने कागजपत्र च्यातिएको छ ।

तोडफोडबाट करिब रु. एक लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्