एजेन्सी । केही दिनयता सामाजिक सञ्जालमा मासु खानुहुन्न भनेर तर्क गर्नेहरु छ्याप्छ्याप्ती भेटिन थालेका छन् । पशुपन्छीको हितका लाागि मासु खान नहुने तर्क एकातिर छ भने स्वस्थ रहन मासु नभई नहुने तर्क अर्कातिर छ ।
त्यसो त ब्रिटेनमा एक तिहाई मानिसहरुले मासु खान छोडेको खबर बाहिर आएको छ । उता अमेरिकामा दुई तिहाईले मासु खान छोडेको वा कम गरेको तथ्याङ्क बाहिरिएको छ । तर, त्यसलाई मानिहाल्ने अवस्था पनि छैन ।
मासु खान कम हुनुमा मांशाहारीविरुद्ध चलाइएको विभिन्न अभियानको असर हो । उदारहणको रुपमा ‘मीट फ्री मन्डे’ अर्थात् सोमबार मासु नखाऔं ।
वैश्विक स्तरमा मांसाहारको खपतमा पछिल्लो ५० वर्षमा ह्वात्तै बढेको छ । यसका साथै सन् १९६० को तुलनामा मासुको उत्पादन पाँच गुणा बढेको बताइएको छ । सन् १९६० मा मासुको उत्पादन ७० मिललिन टन थियो जुन सन् २०१७ सम्म ३ सय ३० टन पुगिसकेको अवस्था छ ।
मासुको खपत बढ्नुको कारण नै जनसंख्या वृद्धि हो । हिजोको तुलनामा आज दुई गुणा बढी जनसंख्या वृद्धि भएको छ ।
सन् १९६० को सुरुआतमा वैश्विक जनसंख्या तीन अर्बको हाराहारीमा थियो । तर, अहिलेको विश्वको जनसंख्या सात अर्ब माथि छ ।
मासुको खपत बढ्नुमा जनसंख्या बढ्नुले मात्र अर्थ राख्दैन । मासुको खपत बढ्नुमा मानिसको आयस्रोतको ठूलो हात हुन्छ ।
तथ्याङ्कका अनुसार बढी आय भएका अर्थात् समृद्ध मुलुकहरुमा मासुको खपत बढी छ । त्यस्तै मध्यम आय भएको नेपालमा पनि विगतको तुलनामा मासुको खपत बढ्न थालेको छ ।
यसको अर्थ यो हो कि मासु खाने मान्छेको आय बढ्यो अर्थात् जनसंख्याभन्दा पनि मासुमा रकम खर्चन सक्ने मानिसको संख्या बढ्यो ।
तथ्याङ्कका अनुसार अष्ट्रेलिया र अमेरिकामा मासुको खपत अत्यधिक हुन्छ । त्यस्तै अर्जेन्टिना र न्यूजिल्याण्डमा प्रतिव्यक्ति वार्षिक सय किलो मासु खपत हुने गरेको छ ।
युरोपका प्राय: देशहरुमा प्रतिव्यक्ति वार्षिक ८०-९० किलो मासु खान्छन् । आँकडाले गरिब तथा कम आय भएको देशमा मासुको खपत कम हुने गरेको देखाएको छ ।
रवान्डा र नाइजेरियाका मानिसले एक वर्षमा ८ देखि ९ किलोसम्म मासु खान्छन् । यो अमेरिकाको तुलनामा अत्यधिक कम हो ।



लाेकपाटी न्यूज

