यस्तो रह्यो मलेसियामा धुर्मुस सुन्तलीको दमदार प्रस्तुति

dhurmus suntali
लाेकपाटी न्यूज

काठमाडौ, २५ माघ । सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले मलेसियामा आफ्नो सानदार प्रस्तुतिले दर्शकको मन जितेका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग जुटाउन उनीहरुले मलेसियामा कार्यक्रम गरेका हुन् । माघ १६ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा रंगशाला बनाउने घोषणा गरिएको थियो ।

गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला घोषणा गरेलगत्तै मलेसिया पुगेका हास्य कलाकार धुर्मुस सुन्तलीलाई मलेसियामा भव्य स्वागत गरिएको हो ।

मलेसिया पुगेको सांस्कृतिक टोलीमा चर्चित लोक गायक बद्री पंगेनी, चर्चित आधुनिक गायिका मेलिना राई, चर्चित लोक गायिका सम्झना भण्डारी र कार्यक्रम प्रस्तोता यामजोङ रहेका छन्।

सिटी एक्सप्रेसले क्रिकेट रंगशाला निर्माणका लागि मलेसियाका तीन सहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ ‘२०७५’आयोजना गरिएको हो ।

जसअन्तर्गत क्वालालम्पुरमा पहिलो सो फेब्रुअरी ५ मा डेवान मारियमेनको सिटी सेन्टर र फेब्रुअरी ६ मा पेनाङ एसटी एन्नी चर्चमा सम्पन्न भएको छ । उक्त दुई सोमा धुर्मुस–सुन्तलीको अभिनयबाट दर्शक मग्नमुग्ध भएका छन् ।

क्वालालम्पुर र पेनाङपश्चात् फेब्रुअरी १० मा जोहर बारुमा अन्तिम कार्यक्रम हुने बताइएको छ । धुर्मुस–सुन्तलीले मलेसियाबाट राम्रो साथ र सहयोग पाउने विश्वास व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि झण्डै तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्