इस्लामाबाद, २४ माघ । पाकिस्तानकी एक जना चर्चित महिला अधिकारकर्मी बिहीबार प्रहरी हिरासतबाट मुक्त भएकी छन् ।
अरु १७ जनासहित पक्राउ परेकी गुलालाई इस्माइलीलाई अहिले मात्र रिहा गरेको अधिकारकर्मीहरुले जनाएका छन् ।
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इनटरनेस्नलले प्रहरी हिरासतमा उनलाई स्वेच्छाचारी ढंगले राखेको आरोप लगाएको छ ।
उनीहरुलाई पठान संवर्द्धन अभियानले मङ्गलबार गरेको शान्तिपूर्ण कार्यक्रमबाट पक्राउ गरिएको समाचारमा जनाइएको छ । पठान जनजातीको अधिकारको माग गर्दै उनीहरुले इस्लामावादमा प्रदर्शन गरेका थिए ।
उनले हिरासतमुक्त भएपछि एएफपीसँग भनिन्, ‘यो हिरासत बसाई म र मेरा आफन्तजनका लागि निकै पिडादायी भएको छ, गत तीन घण्टा म कहा थिए भन्ने पनि मेरा आफन्तजनले थाहा पाउनु भएनछ ।’
उहाँ जागरुक छोरी नामक एक गैरसरकारी संस्थाकी उपसंस्थापक हुन् ।



लाेकपाटी न्यूज

