तीन डीएसपी सरुवा, कसको काज कहाँ ?

nepal-police
लाेकपाटी न्यूज

काठमाडौं, २४ माघ । तीन प्रहरी नायव उपरीक्षक ‘डीएसपी’ सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले तीन डीएसपीको काज सरुवा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डीएसपी कुमोध ढुंगेल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको इन्चार्जको रुपमा सरुवा गरिएको छ ।

यस्तै डीएसपी धर्म भण्डारीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही खटाइएको छ भने डीएसपी श्याम खत्रीलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रमुखमा सरुवा गरीएको छ । जाजरकोटमा कार्यरत रवीन्द्र केसी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्