‘कर्णालीबासी रोग र भोकले मर्नु पर्दैन’

लाेकपाटी न्यूज

सुर्खेत, २४ माघ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशवासीले अब रोगले थलिएर मर्नु नपर्ने बताएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, स्वास्थ्य आपत्कालीन तथा विपद् इकाई तथा विश्व स्वास्थ्य सङ्गठनको संयुक्त आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा आजदेखि सञ्चालित चारदिने ‘विपद पूर्वतयारी एवं प्रतिकार्य योजना तालीम तथा कार्यशाला’ गोष्ठीको उद्घाटन गर्दै मन्त्रीले रावलले कर्णालीबासीले रोग र भोकले मर्नु नपर्ने बताएका हुन् ।

उनले कर्णालीका नागरिकको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखिएको बताउँदै भने, “गोष्ठीबाट विपद् प्रतिकार्यका लागि पूर्वतयारीको उच्चतम् सेवा दिने योजना निर्माण गर्नुहोस् जसले प्रदेश सरकारको समृद्धि र विकासमा सहयोग पुगोस् ।”

कर्णाली प्रदेश सरकारले यहाँको स्वास्थ्य समृद्धिका लागि निकट भविष्यमै स्थानीय तहसम्मका स्वास्थ्य संस्थाको सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्ने उनले दावी गरे ।

कार्यशालामा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र ५ नं प्रदेशका चिकित्सकहरुको सहभागिता रहेको थियो ।
उक्त बैठकमा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको उपलब्धता नभएको ठाउँमा विपद् प्रतिकार्यका लागि पूर्वतयारीका क्रियाकलापलाई बढाएर लैजानेबारे छलफल भएको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्