काठमाडौं । पुराना वाम नेता भुवानीप्रसाद पौडेललाई श्रदाञ्जली दिन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार चितवन जाने भएका छन् ।
स्थानीय विकास निर्माणका कार्यमा सक्रिय पौडेलको यही माघ १९ गते शनिबार निधन भएको थियो । उनी लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।

उनको श्रद्धाञ्जली कार्यक्रम माघ २४ गते बिहीबार सिर्जना चोकस्थित निवास (स्टेप बाई स्टेप बोर्डिङ अगाडि) हुने पारिवारीक स्रोतले जनाएको छ ।



लाेकपाटी न्यूज

