काठमाडौं, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ ।
वार्तामा भेनेजुयलाबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको वक्तव्य र त्यसपछि आएको सरकारको धारणासँग रहेको असन्तुष्टिबारे कुराकानी भएको थियो । राजदूत बेरी मंगलबार साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।
राजदूत बेरी माघ १८ गते प्रधानमन्त्रीको उपस्थितिमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेको ब्रिफिङमा अनुपस्थित भएका थिए ।
झण्डै आधा घण्टाको भेटवार्तामा के–के विषयमा कुरा भयो भन्ने विषय खुलाइएको छैन । ‘उहाँहरू दुई जनाको मात्र भेट भएकाले के कुराकानी भयो भन्ने थाहा भएन,’ बालुवाटार स्रोतले बतायो ।
मंगलबार नै प्रधानमन्त्री ओलीले सिंहदबारस्थित कार्यालयमा बेलायतका राजदूत रिचार्ड मोरिस, फ्रान्सका राजदूत फ्रंसोआ जाविये लेजे र साउदी अरबका राजदूतसँग औपचारिक भेट वार्ता गरेका थिए ।



लाेकपाटी न्यूज

