स्ववियु चुनाव तोकिएको मितिमा नहुने पक्का

student-union.
लाेकपाटी न्यूज

काठमाडौं, २३ माघ । पूर्वनिर्धारित तालिका अनुसार त्रिभुवन विश्वविद्यालयले चुनावको मिति फागुन १४ गते तोके पनि सो मितिमा स्ववियु चुनाव नहुने भएको छ ।

चुनावका लागि एक महिनाअघि नै निर्वाचन तालिका सर्वाजनिक गर्नुपर्नेमा अहिलेसम्म हुन सकेकोले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनाव अन्ततः तोकिएकै मितिमा नहुने निश्चित भएको हो ।

विश्वविद्यालयकी शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले विद्यार्थी संगठनबीच सहमति नभएका कारण निर्वाचन तालिका सार्वजनिक नभएको बताइन्। परीक्षा तालिका, भर्ना, प्रवेश परीक्षा लगायत सबैको तालिका तयार पारेर स्ववियु चुनावको मिति फागुन १४ मा तोकिएकाले एक हप्ताभन्दा पर जान नसकिने उनले बताइन् ।

‘तोकिएको समयमा नहुने त पक्का भइसक्यो,’ प्राडा त्रिपाठीले भनिन्, ‘हामी एक हप्ता सार्न सक्छौं, त्योभन्दा उताचाहिँ जान सक्दैनौं । त्यसमा पनि सहमति हुन नसके अर्को वर्षको फागुनमा मात्रै चुनाव हुन्छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्