काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन महिला, बालवालिका तथा समाज कल्याण मन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टचारको मुद्धा दायर गरेको छ ।
समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत गरी अनियिमतता गरेको भन्ने उजुरी उपर अनुसन्धान तहकिकातबाट संकलित मिसिल संलग्न उजुरी निवेदनहरु, प्राप्त कागजात र प्रतिवेदनहरु, प्रतिवादीहरु तथा अनुसन्धानको क्रममा बुझिएका व्यक्तिहरुको वयान कागजहरु समेतका आधार एवं सवुद प्रमाणहरु बिश्लेषण गरी हेर्दा भ्रष्टचार गरेको ठहर गरेको हो ।
तत्कालिन मन्त्री न्यौपानेसहित समाज कल्याण परिषद्का तत्कालिन उपाध्यक्ष प्रमोद मेहता, समाज कल्याण परिषद्का तत्कालिन कोषाध्यक्ष कुञ्ज बिहारी प्रसाद चौधरी, समाज कल्याण परिषद्का तत्कालिन सदस्य हरि न्यौपाने, समाज कल्याण परिषद्का तत्कालिन सदस्य मोहनराज शर्मा, समाज कल्याण परिषद्का तत्कालिन सदस्य मदन कुमारलाल कर्ण र समाज कल्याण परिषद्का तत्कालिन सदस्य–सचिव ई. रविन्द्र कुमारसहित १४ जनाविरुद्ध विशेष अदालतमा आज मुद्धा दायर गरेको छ ।




लाेकपाटी न्यूज

