एजेन्सी । सन् २०१८ सबैभन्दा धेरै ह्याक भएका वा सर्वाधिक कमजोर पासवर्डको खुलासा भएको वर्ष मानिन्छ । साइबर सेक्योरिटी फर्म स्प्लायर्स डाटाले यसको खुलासा गरेको हो ।
वर्षको सबैभन्दा कमजोर पासवर्डको सूचिमा १२३४५६ सबैभन्दा अगाडि रहेको छ । १२३४५ सबैभन्दा कमजोर पासवर्डको पहिलो स्थानमा रहेको यो लगातार पाँचौँ वर्ष हो । त्यस्तै password शव्द कमजोर पासवर्डको दोश्रो स्थानमा रहेको पनि पाँचौ पटक हो ।
अनलाइन सेक्योरिटी विज्ञहरुले इन्टरनेट प्रयोगकर्तालाई आफ्ना पासवर्डको सुरक्षाका विषयमा लगातार सचेत गराइरहेका छन् । त्यसका बाबजुत पनि विश्वका लाखौँ मानिसहरुले आफ्नो इमेल, स्मार्टफोन, ल्यापटप, कम्प्युटर तथा अन्य डिभाइस र अकाउन्टहरु सुरक्षित बनाउनका लागि यस्तै कमजोर वा सजिलैसँग अनुमान गर्न सकिने खालका पासवर्ड राखिरहेका छन् ।
सन् २०१८ मा ह्याक भएका ५० लाख अकाउन्टहरुमा आधारित भएर उक्त अध्ययन गरेको हो । त्यसको आधारमा कम्पनीले सन् २०१८ का सबैभन्दा कमजोर २५ वटा पासवर्डको सूचि सार्वजनिक गरेको छ । रिपोर्टअनुसार पछिल्लो एक वर्षमा विश्वभरका १० प्रतिशत मानिसहरुले ती २५ वटा खराब पासवर्डमध्ये कुनै एकको प्रयोग गरेको पाइएको छ । यस्ता छन् सबैभन्दा कमजोर २५ पासवर्ड
१. 123456
२.12345
३. Password
४. 123456789
५. 12345678
६. 12345
७. 111111
८. 1234567
९. sunshine
१०. qwerty
११. iloveyou
१२. princess
१३. admin
१४. welcome
१५. 666666
१६. abc123
१७. football
१८. 123123
१९. 654321
२०. !@#$%^&*
२१. charlie
२२. aa123456
२३.donald
२४. password1
२५. qwerty123
रिपोर्टमा प्रयोगकर्तालाई फरक फरक अकाउन्ट वा डिभाइसका लागि फरक फरक पासवर्ड प्रयोग गर्न पनि सुझाव दिइएको छ । यसो गर्दा ह्याकरले तपाइँको एउटा अकाउन्ट वा डिभाइसको पासवर्ड हात पारेर ह्याक गरेसँगै सबै डिभाइस वा अकाउन्ट स्वतः असुरक्षित हुने खतरा हुँदैन ।



लाेकपाटी न्यूज

