क्रान्तिकारीले भन्यो- ‘गाडी जलाउन आदेश दिने गगन थापा हुन्’

surendra basnet
लाेकपाटी न्यूज

काठमाडौं, २१ माघ । नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी)का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले गगन थापाकै निर्देशनमा नेविसंघका कार्यकर्ताहरुले सरकारी गाडी जलाएको दावी गरेका छन् । बस्नेतले कांग्रेस नेता थापाले दोहोरो चरित्र देखाएको आरोप लगाए ।

कांग्रेसका नेताहरुले दोहोरो चरित्र निभाएको भन्दै बस्नेतले भने, ‘नेविसंघका कार्यकर्तालाई एकातिर सडकमा आगो बाल्न निर्देशन दिने र अर्कोतिर सामाजिक संजालमा त्यसको विरोध गर्ने एउटै पात्र गगन थापाजी नै हो ।’

सोमबार राजधानीको आरआर स्ववियुद्वारा आयोजित कार्यक्रममा बोल्दै बस्नेतले भने, ‘जनताको करबाट किनिएको सरकारी सम्पत्ति बिना प्रयोजन नष्ट गर्नेहरु देशद्रोही हुन् ।’

मुलुक निर्वाचन भएर शान्ति र समृद्धिको यात्रामा अघि बढिरहेको बेला गाडी जलाउने कार्य कतैबाट पनि सह्य नहुने बस्नेतले बताए। बस्नेतले स्ववियु निर्वाचनबाट भाग्नका निम्ति नेविसंघले सडक आन्दोलनको नौटंकी गरेको आरोपसमेत लगाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्