इटहरी, २१ माघ । नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा (प्रकाण्ड)का छोरा नरेन्द्र विश्वकर्माको रिहाईको लागि इटहरीमा र्याली निकालिएको छ । विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तीकारी) सुनसरीको आयोजनामा र्याली आयोजना भएको होे ।
क्रान्तीकारीका केन्द्रिय कोषाध्यक्ष समेत रहेका नरेन्द्रको तत्काल रिहाई हुनुपर्ने र दमन बन्द हुनुपर्ने भन्दै र्यालीमा नाराबाजी भएको छ । इटहरीको जनता स्कुल बाट सुरु भएर्को र्यालीले नगर परिक्रमा गरेको हो । र्यालीमा सहभागी कपिल लिम्बुले सरकारले गोली भेट्टाएको बाहानामा नरेन्द्रलाई फसाएको भन्दै राज्य दमन बन्द हुनुपर्ने बताए ।
पक्राण्ड पुत्र नरेन्द्र बिहिबार साझ ६ बजे विराटनगर विमानस्थलबाट पक्राउ परेका थिए । उनको साथ बाट नाइन एमएम पेस्तोलमा लाग्ने ३ गोलि फेला पारेको मोरङ प्रहरीले बताएको छ ।



लाेकपाटी न्यूज

