गगन थापाले भने- सरकारले देखाइदियो, बधाई छ

Gagan Thapa
लाेकपाटी न्यूज

काठमाडौं, २० माघ । नेपाली कांग्रेसका नेता एवं सांसद गगनकुमार थापाले सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेकोमा बधाई दिएका छन् ।

आइतबार प्रतिनिधिसभाक बैठकमा नेता थापाले डा. केसीको मागलाई बेवास्ता गर्दै चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै सरकारलाई बधाई दिएर व्यङ्ग्य गरेका हुन् ।

‘एउटा जोगी डाक्टरले सरकारसँग निहुँ खोज्यो, त्यो पनि दुईतिहाइको सरकारसँग, यस्तो बलियो सरकारसँग,’ उनले भने, ‘सरकारले देखाइदियो । सरकारलाई बधाई छ ।’ उनले थपे, ‘सरकारको अपार सफलतामा सरकार बनाउने माननीय सांसदहरु खुशी नहुने कुरै भएन तर, खुशी हुनेहरुको लाममा अरु पनि उभिएका रहेछन् ।’

चिकित्सा शिक्षा विधेयक पारित भएर डा. केसीका आन्दोलनले रिसाएकाहरु खुशी भएको उनले बताए । उनले भने, ‘लोकमानसिंह कार्कीदेखि कालिकास्थानको टहरामा मेडिकल कलेज सञ्चालन गर्नेसम्म खुशी भएका छन् । यत्रो मान्छेलाई खुशी बनाउने सरकारलाई बधाई छ ।’

उनले राम्रो काममा सरकारको दुई तिहाई देख्न नपाएको बताए । ‘अनाथ बालबालिकाका निम्ति विशेष सामाजिक सुरक्षाको कानून बनाउँदा दुई तिहाई देख्न पाएनौं । भूमिहीन दलितका लागि संशोधन हाल्दा दुई तिहाई देख्न पाइएन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्