काठमाडौं । चितवनको भरतपुरमा अन्तराष्ट्रिय स्तरको बहुउपयोगी रंगशाला निर्माणको अभियानमा जुटेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले डीपीआर अघि नै जमिन सम्याइसक्ने बताएका छन् ।
उनुभएको छ । रंगशाला निर्माणको कामलाई गति दिन आजबाट नै जमिन सम्याउन सुरु गर्न लागेको उनले बताए । उनले रंगशाला निर्माणको कामलाई प्रस्तावित मितिभित्रै सम्पन्न गर्ने दाबी पनि गरे । आम जनताको साथ र सहयोगले आफूहरु उच्च मनोबलमा रहेको बताउँदै अन्तर्राष्ट्रिय स्तरको रंगशालाका लागि रकम जुटाउन खासै चुनौति नरहने बताए ।
रंगशाला निर्माणको घोषणापछि देश तथा विदेशबाट सहयोगका प्रतिवद्धता आउने क्रम बढेको भन्दै जनस्तरबाट बन्ने विश्वकै पहिलो रंगशाला निर्माणको अभियानमा सहभागी बन्न सबैलाई आब्हान पनि गरे ।



लाेकपाटी न्यूज

