काठमाडाै, १८ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीसँग भएका सम्झौता सरकारले लागू गरेको बताएका छन् ।
नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक सङ्घको छैटौँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले प्रधानमन्त्रीकोे अग्रसरतामा डा. केसीसँग भएका सहमतिलाई मूलभूतरूपमा विधेयकमा समेटिएको बताएका हुन् ।
उनले भने, “अब सैद्धान्तिक कुरा गरेर हैन, चिकित्सा क्षेत्रको सुधारका लागि आयोग बनाएर काम गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछु ।”
मन्त्री पोखरेलले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई उत्पादनसँग जोड्न प्राविधिक शिक्षामा जोड दिँदै नेपाल संस्कृत विश्व विद्यालयले पूर्वीय दर्शन, संस्कृति र वाङ्मयभित्र रहेको ज्ञानलाई आधुनिकतासँग जोडेर जडीबुटी–आयुर्वेद–योग र प्राकृतिक चिकित्साविज्ञानलाई अघि बढाउनुपर्ने बताए ।



लाेकपाटी न्यूज

