पूर्वयुवराज पारस डिस्चार्ज

Paras Shah01
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, १८ माघ । पूर्वयुवराज पारस वीरविक्रम शाहको स्वास्थ्यमा सुधार आएपछि शुक्रबार नर्भिक अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

तेस्रो पटक हृदयघात भएपछि उनी केही दिनदेखि नर्भिक अस्पतालमा उपचाररत थिए । आइतबार दिउँसो साढे चार बजे उनलाई हृदयघात भएको थियो ।

उनी सामान्य हिँडडुल र बोल्न सक्ने अवस्थामा छन् । अस्पतालका अनुसार उनी अहिले मेडिकल्ली फिट छन् । उनले नियमित औषधि सेवन भने गर्नुपर्नेछ ।अस्पतालले यसै साता फलोअपका लागि बोलाएको छ ।

पारसलाई यसअघि ०६३ र ०७२ सालमा हृदयघात भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्