शुक्रबार पनि सुनको मूल्य बढ्यो, कतिले हुँदैछ कारोबार ?

Gold01
लाेकपाटी न्यूज

काठमाडौं, १८ माघ । शुक्रबार साताको अन्तिम दिन पनि सुनको मूल्य बृद्धि भएको छ । बिहिबारको तुलनामा सुन प्रति तोला १ सय रुपैयाँले बृद्धि भएको हो भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रति तोला ६२ हजार ३ सय रुपैयाँमा कारोबर भैरहेको छ भने तेजावी सुन ६२ हजार रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५३ हजार ४ सय १५ रुपैयाँ, तेजावी सुन ५३ हजार १ सय ६० रुपैयाँ र चाँदीमा ६ सय ६९ रुपैयाँ मूल्य कायम गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्