काठमाडौं, १८ माघ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले यतिबेला देश दौडाहामा निस्किएका छन् । त्यसक्रममा पार्टीले वैकल्पिक शक्तिबारे आमजनतालाई सुसूचित गराउने छ ।
नयाँ शक्तिको ‘जनसम्वाद यात्रा’ नाम दिइएको यस देशव्यापी अभियान पाँचथरको चिवाभञ्ज्याङबाट माघ १५ गतेदेखि शुरू भएको हो । यस अभियान फागुन १५ गते बैतडीको झुलाघाट पुगेर सकिने नयाँ शक्तिका एक नेताले जानकारी दिए ।
स्रोतका अनुसार पार्टीको उक्त अभियानमा कुनै पनि दललाई गाली गरिँदैन भने त्यहाँ हुने खर्च व्यक्ति स्वयंको हुनेछ । जसमा लागि अभियानमा सहभागी हरेकबाट दश-दश हजार उठाइएको छ ।
नयाँ शक्तिको यो अभियानमा कूल ३२ जिल्ला समेटिने छ ।



लाेकपाटी न्यूज

