राष्ट्रिय झण्डा विश्वसामू चिनाउन महाेत्सव

flag
लाेकपाटी न्यूज

सिराहा, १८ माघ । नेपालको राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन झण्डा महोत्सव हुने भएको छ ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपलिकामा यही माघ २० गतेदेखि झण्डा महोत्सव हुने भएको हो ।

राष्ट्रिय झण्डालाई अन्तर्रा्ष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले सो महोत्सवको आयोजना गरिने भएको हो । झण्डा मेला र महोत्सवको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

‘कला संस्कृति हामो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हामो पहिचान’ भन्ने नाराका साथ महोत्सव ९ दिन चल्ने बताइएको छ ।

पहिलोपटक आयोजना हुन लागेको महोत्सवमा सूर्यचन्द्र अङ्कित नेपालको राष्ट्रिय झण्डालाई अन्तर्रा्ष्ट्रियस्तरमा चिनाउन झण्डा महोत्सव नामकरण गरिएको आयोजकको भनाइ छ ।

सखुवानन्कारकट्टी गाउँपलिकाका अध्यक्ष केदारनाथ यादवले महोत्सवमा कृषि क्षेत्रमा प्रयोग हुने घारायसी आधुनिक औजार र स्थानीयस्तरमा उत्पदन हुने विभिन्न कृषि सामग्री प्रदर्शन हुने जानकारी दिए ।

उनका अनुसार सो अवसरमा उत्कृष्ट हुने कृषकलाई पुरस्कृत गरिनेछ । यस प्रदर्शनले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने विस्वास लिइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्