काठमाडौं, १८ माघ । स्वास्थ्य प्राविधिक संघले नेपालको दुवै संघीय सदनबाट ‘चिकित्सा शिक्षा विधेयक २०७५’ पारित हुनुलाई सकारात्मक रुपमा लिएको छ । साथै संघले पारित विधेयकलाई स्वागतसमेत गरेको छ ।
शुक्रबार संघले प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा विधेयक स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ ।
‘स्वास्थ्य सेवा जनताको पहुँच र सर्वसुलभ प्राप्त गर्ने नैसर्गिक अधिकार हो । कहिँ कतैबाट पनि बन्दको नाममा जनताले पाउने सेवाबाट अवरोध गर्नु हुँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्यजस्तो अति संवेदनशील क्षेत्रमा नेपाल चिकित्सक संघले हलुका ढङ्गले बन्द गर्नु डा. गोविन्द केसीजस्ता जनताको पक्षमा बोल्ने अभियन्ताको पनि विरुद्धमा रहेको छ । ‘
संघले विधेयक छिटोभन्दा छिटो पारित हुनुपर्थ्यो र पारित भएको भन्दै डा. केसीलाई अरुको बहकाउमा नआउन आग्रह गरेको छ ।
विज्ञप्ति हेर्नुहोस् :




लाेकपाटी न्यूज

