काठमाडौं । नेपालमा फोरजी (4G) आएको दुई वर्ष पनि नबित्दै प्रविधि सम्पन्न मुलुकमा फाइभजी (5G) सुरु गर्ने तैयारी भइसकेको छ । सन् २०१६ मा प्रोसेसर र मोडम निर्माता क्वालकमले दुनियाँलाई फाइभजीको पहिलो झलक दिएका थिए ।
२०१६ देखि सुरु भएको फाईभजीको तैयारी अहिले लगभग अन्तिम चरणमा पुगेको छ । सन् २०१९ मा केहि देशका केहि टेलिकम कम्पनीले फाईभजी सेवा प्रदान गर्ने भएका छन् ।
के हो 5G ?
टेलिकम जगतको पाँचौं पिढी नै छन् हो । जसमा फोरजीको तुलनामा इन्टरनेट स्पिड बढि र अन्य थुप्रै कुराहरुमा सुधार गरिएको हुन्छ ।
फाइभ जी निम्न कुराहरुले प्रभावकारी मानिन्छ ।
– उच्च इन्टरनेट स्पिड
फाइभजीले राम्रो नेटवर्क कभरेज भएको क्षेत्रमा १ जीबीपीएससम्मको इन्टरनेट स्पिड प्रदान गर्छ । हालै नेपाल टेलिकमले प्रदान गर्ने फोरजीको स्पिड ३० एमबीपीएसको छ भने यो फाइभजीको स्पिड भन्दा ३० गुणाले कम हो ।
-कम लेटेंसी
सर्भर र प्रयोगकर्ता बीचको संचारमा हुने ढिलाईलाई लेटेंसी मार्फत मापन गरिन्छ । जति कम लेटेंसी त्यति नै राम्रो नेटवर्क फाइभजीको लेटेंसी १ मिलीसेकेन्डसम्म कम गर्न सकिने विश्वास गरिएको छ । फोरजीको लेटेंसी ५० मिलीसेकेन्डको हुन्छ भने यसका तुलनामा फाइभजीको लेटेंसी ५० गुणा कम हुन्छ ।
-उच्च सिस्टम क्षमता
फाइभजीको सहयोगबाट टेलिकमले कुनै पनि क्षेत्रमा धेरै मात्रामा उपकरणहरुसँग संचार गर्न सक्छ । एक किलोमिटर स्क्वायर क्षेत्रफलमा मात्रै पनि १० लाख वटा उपकरणहरु चल्न सक्छन् । यहि कारणले नै गर्दा फाइभजील उपकरणहरुको इन्टरनेटमा विकास गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ ।
बेफाइदा के ?
फाइभजीले प्रयोगकर्ताका लागि धेरै फाइदाजनक कुराहरु उपलब्ध गराएपनि यसका थुप्रै बेफाइदा पनि रहेका छन् । जसमध्ये कति बेफाइदाहरु समय र प्रविधिको विकाससँगै हट्दै जाने विश्वास गरिएको छ ।
-उच्च मूल्य
फाइभजी एकदमै महंगो प्रविधि हो । यो नयाँ प्रविधि भएका कारणले पनि यो प्रविधिलाई सपोर्ट गर्ने उपकरणहरु सस्ता नहुने देखिन्छन् । टेलिकमका लागि पनि फाइभजी स्थापना गरी यसको संरक्षण गर्नु निकै खर्चिलो काम हो । स्मार्टफोन निर्मातालाई आफ्नो स्मार्टफोनमा पनि फाइभजी मोडम खरिद गरेर हाल्न समेत खर्चिलो पर्नेछ ।
-कम कभरेज
उच्च स्पिडसँग जोडिएर आउने बेफाइदा हो नेटवर्क कभरेजको फाइभजीको स्पिड निकै बढी छ तर फाइभजीका टावरले थ्रीजी र फोरजी जतिको क्षेत्रफलमा नेटवर्क उपलब्ध गराउन सक्दैनन ।
स्मार्टफोन निर्माताको तैयारी
उच्च मूल्य र कम उपलब्धताका कारण स्मार्टफोन निर्माताहरुले पनि फाइभजीको ट्रेन्डलाई हतार गर्दै नल्याउने देखिएको छ । स्यामसंमले निकाल्न लागेको नयाँ सामसंग ग्यालेक्सी एस १० मा फाइभजी उपलब्ध हुने लगभग निश्चित नै छ तर उक्त फाइभजी भएको मोडल कतिसम्म महँगो होला भन्न सकिदैन ।
निकै चर्चित स्मार्टफोन , आइफोनको निर्माता एप्पलले पनि सन् २०२० अघि फाइभजी भएको आइफोन उपलब्ध नगराउने बताएको छ ।
सन् २०१९ मा रिलिज हुने र क्वालकमले यहि वर्ष रिलिज गरेको स्न्यापड्र्यागन् ८५५ प्रयोग गरेका थुप्रै स्मार्टफोनहरु फाइभजी अनुकूल त हुनेछन् तर उक्त स्मार्टफोन अलि बढी नै महँगो हुने निश्चित छ ।
वानप्लसका मुख्य अधिकारीले पनि फाइभजी भएको स्मार्टफोन फाइभजी नभएको स्मार्टफोनको तुलनामा २००(३०० अमेरिकी डलर महँगो पर्ने बताएका छन् ।
नेपालमा कहिले ?
इतिहास हेर्ने हो भने नेपालमा फाइभजी आउन अझै धेरै समय लाग्न सक्छ । फोरजी प्रविधि सन् २००९ बाट नै उपलब्ध भएको प्रविधि हो तर नेपालमा सन् २०१७ मा मात्र उपलब्ध भएको थियो ।
तर अझै पनि फोरजी केहि सहरहरुमा मात्र उपलब्ध छ । नेपालमा फोरजी राम्रोसँग फस्टाउन सकेको अवस्थामा फाइभजी कहिले आउछ भन्ने एकिन गर्न गाह्रो छ ।



लाेकपाटी न्यूज

