काठमाडौं, २१ पुस । चालु आर्थिक वर्षमा १० हजार नेपालीहरुलाई तालिम दिइने भएको छ । नेपाल भ्रमण वर्ष २०२० र पर्यटन क्षेत्रलाई व्यवसायिक बनाउने उद्देश्यले सो तालिम दिन लागिएको हो ।
तीन हजार भन्दा बढीलाई तालिम दिइसकेको सरकारले चालु आर्थिक वर्षमा १० हजारलाई व्यावसायिक तालिम प्रदान गर्ने लक्ष्य लिएकोे छ । लामो समयसम्म पर्यटकबाट कसरी फाइदा लिने, उद्यमी कसरी बन्ने, नेपालको प्रचार कसरी गर्ने, उत्पादनमा नयाँपन कसरी ल्याउने भन्ने विषयमा तालिम प्रदान गरिने बताइएको छ ।
व्यावसायिक तालिम प्राप्त गरेपछि नेपाल भ्रमण वर्ष २०२० पर्यटनले खर्च गर्ने रकम र बसाई अवधि बढ्ने अपेक्षा गरिएको छ ।
गुणस्तरीय पर्यटक भित्र्याउन तालिमले सहयोग गर्ने उद्धेश्य अनुसार तालिम प्रदान गर्न लागिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक, प्रति पर्यटक ६५ डलर खर्च र बसाई अवधि १४ दिन पुर्याउने योजना बनाएको छ ।



लाेकपाटी न्यूज
