काठमाडौं, २१ पुस । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमाथि जनताको विश्वसनीय घट्दै गएको बताएका छन् ।
संसदीय समितिले आफ्नो प्रतिवेदन नै नबुझाई आत्तिएर रातारात कानून बिपरित समिति बनाउन लागि परेको आरोप लगाएका छन् । सरकारले संसदीय अभ्यास र अधिकार क्षेत्रलाई प्रभावित पार्ने काम गरेकोप्रति कडा रोष प्रकट गरे ।
४३ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–२६ ले शनिबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले दुई तिहाईको सरकारले संविधानलाई पन्छाएर अगाडि बढ्न खोजेको बताए ।
“सरकार दुईतिहाईको बलमा कानूनभन्दा माथि उठेर मुद्दा लगाएको रेशम चौधरीलाई सपथ खुवाइरहेको छ,” उनले भने । सरकारले मुद्दा चलेको व्यक्तिलाई राजनीति फाइदाका लागि कानून मिचेर सपथ खुवाएको उनको भनाइ छ । नेता सिंहले वाइडबढी किनबेचमा भएको घोटालाबारे सरकार डराएर छानविनका लागि कानूनविपरीत नयाँ समिति गठन गरेको उनले आरोप लगाए ।
पूर्व उपप्रधानमन्त्री सिंहले सरकारले कानून विपरीतएकपछि अर्को काम गर्नुले पनि सरकारको विश्वसनीयता घटेको बताए । उनले राष्ट्रियता र प्रजातन्त्रलाई सन्तुलित राखेर अगाडि बढ्न विपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर अगाडि बढेको बताए ।



लाेकपाटी न्यूज

