वाइडबडी प्रकरण : कंसाकारलाई कार्यकक्षमै कालोमोसो

Sugatratna Kamsakar
लाेकपाटी न्यूज

काठमाडौं, २० पुस । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ ।

शुक्रबार उनकै कार्यकक्षमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले ‍कंसाकारलाई कालोमोसो दलेको हो ।

केही दिनअघि संसदको सार्वजनिक लेखा समितिअन्तर्गतक उपसमितिले वाइडबडी प्रकरणमा कंसाकारलाई कारवाहीका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्