काठमाडौं, २० पुस । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
सूचना, प्रविधि एवं संचार सचिव महेन्द्र गुरुङको नेतृत्वमा गठित छनोट समितिले संगिता पहाडी, डिल्ली अधिकारी र बृद्धिप्रसाद आचार्यको नाम मन्त्रीपरिषधमा सिफारिस गरेको हो ।
प्रबन्ध निर्देशकको आवेदन दिएका ११ जना मध्ये ८ जनाले भावी कार्ययोजना सहितको प्रस्तुतीकरण दिएका थिए । सोही आधारमा छनोट समितिले उनीहरुको नाम सिफारिस गरेको हो ।
पहाडी विगत २६ वर्ष देखि र अधिकारी १६ वर्ष देखि नेपाल टेलिकममा कार्यरत छन् भने आचार्य पूर्व प्रबन्ध निर्देशक हुन । तीन जनाबाट अव बस्ने मन्त्रीपरिषद्ले एक जनालाई नियुक्त गर्ने छ ।



लाेकपाटी न्यूज