कैलाली–१ बाट निर्वाचित सांसद् रेशमलाल चौधरी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङबीच संसदमै जम्काभेट भयो ।
शपथपछि माला र खादा लगाएका चौधरीले गुरुङतिर फर्केर भने–‘धेरै दिनपछि भेट भयो है । हामी त धनगढी कार्यक्रममा पनि सँगै थियौं, दाइअघि आउनुभयो म पछि आएँ ।’ यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।
राजपाका अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादबबाहेक संयोजक र ४ सदस्यको पनि त्यहाँ उपस्थिति थियो । चौधरीले आफूलाई झुटा अभियोग लगाइएको दावी गर्दै आफूले बैमनश्यता र द्वन्द्व नचाहेको जिकिर गरे ।
सांसद भएर पनि फेरि कारागार नै जानुपर्दा उनले राम्रो महसूस भने गरेनन् । आफ्नो विषय संसदको गरिमासँग जोडिएको बताए ।



लाेकपाटी न्यूज

