काठमाडौं । पाँच नम्वर प्रदेशमा माघ १ र २ गते सार्वजनिक बिदा हुने भएको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेश नम्वर ५ मा मगर र थारु जातिको बाहुल्यता रहेको र उनीहरुले माघेसंक्रान्ति पर्वलाई विशेष मान्ने र मनाउने भएकाले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरकोे प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए ।
त्यस्तै पुष ३० गते माघीकै अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुभकामना कार्र्यक्रमसमेत राखेको प्रदेश सरकारका प्रवत्ता चौधरीले बताए ।



लाेकपाटी न्यूज

